गजल

घर-बुनाको धोती चोलो लाउली पियारी ।
रुखो पीठो जस्तो पाक्छ खाउली पियारी ॥

सुख सयल सधैँ भरि दिन नसकौँला ।
मेरो भन्नु चोखो माया पाउली पियारी ॥

लेखिदिउँला मीठा गीत बजाउँला बाजा ।
कोईली झैँ मीठो स्वरमा गाउली पियारी ॥

आधि भित्तो रातो माटो आधी कमेरोले ।
मेरो घर लिप्न कैले आउली पियारी ॥
#बुढानिलकण्ठ#

Leave a Reply

Your email address will not be published. Required fields are marked *