चमेली फूलेपछि

चमेली फूलेपछि-
थुम्कामा चढेर
पहाड उक्लेर
टौवामा चढेर
धुरीमा अडेर
पँधेरो धाएर
भजन गाएर
खेताला खोजेर
नौटंकी गरेर
म फूलेँ, म फूलेँ
म फूलेँ, म फूलेँ
भन्दै बुर्कुसी मार्छ र?
चमेलीको सुन्गन्ध नै काफी छ!
यसकारण चमेली सबको जाती छ!!
(४ मंसिर २०७५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *