जार्गन

कृषी ऋण/अनुदानको कन्त बिजोग देखि सकियो। कस्ताले पाउँछन, कसरी पचाउँछन।
अव प्रमाणपत्र राखेर ऋण पाउन आईडिया चाहिँदैन, चाकडी भए पुग्छ। बैंकमा
८%मा सहमति गरेर अहिले १६% ब्याज ऋण तिर्न बाध्य नागरिकका बारे केही बोल्दैन सरकार।
३० दिन काम गरेपछि एकदिन तलब बुझ्ने कर्मचारीको घाँटी निचोरेर आयकर असुल्न सारै सजिलो।
भात पकाएर खान किन्नुस की १३% भ्याट, १०% सेवा शुल्क आदि ठटाएर खानेकुरा बेच्न, ग्यासको मूल्य उही छ।
जनप्रतिनिधीलाई बजेट चाहियाछ, सुबिधा चाहियाछ।
अनगिन्ती उदाहरण छन, कति बोल्नु? सुन्दा सामन्ती जार्गन बडो क्रान्तिकारी लाग्छ।
तर सामन्तीपन कुनै पार्टीको सिध्दान्तले पखाल्ने मयल होईन, यो त हाम्रै संस्कार हो- चाहे बामपन्थी होस या राजावादी।
चाहे कालो बजार होस्, चाहे सरकार!
(बजेट भाषण २०७५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *