सक्यो बेटारी

पाली माथी सिउरेको रेडियो,
मनको बह कही दिने यै थियो,
सक्यो बेटारी,
न पैसो किन्नलाई, बजाउँ के गरी!
*
पियारीलाई संझिएर मेरो छाती पोल्दा,
मन बुझाउने गीत गाउँथ्यो साँझपख खोल्दा
सक्यो बेटारी,
राखौँ की पालीमै, फाल्दिम थेचारी॥
*
बिहे बर्तुन जाँदा होस की भित्र्याउँदा वाली,
यसकै गीतमा नाच्थे सबै बजाउँदै ताली,
सक्यो बेटारी,
भन्देऊ न भगवान बजाउँ के गरी॥
*
(१८ मंसिर २०७५। बुढानिलकण्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *