प्राथामिक तहको अध्ययन गर्दा २ कक्षासम्म वुवा नै शिक्षक हुनुभएको स्कूलमा पढेँ। उमेरका हिसाबले म भन्दा निकै जेठा र बलिया हुन्थे कक्षामा। त्यसैले सधैँ निम्सरो। केटीहरुलाई मैले सधैँ दिदी भनेँ। गुरुपुत्र भनेर होला सारै माया गर्थे। खाजा बाँडेर खान्थे। भुटेका मकै, भटमास, भुटेको गहुँ देखि मेवा, अम्बा र बारीका मुलासम्म। मलाई अरु त खासै केही लाग्थेन। तर मुलाको बोक्रो पनि उक्काएर बाँढ्थे। मलाई घरमा कहिल्यै रुचेन। तर भोकले सताएको बेला भएर होला अरु बेला पिरो भएर फालिने मुलाको बोक्रा समेत त्यतिबेला मीठो हुन्थ्यो। मैले ‘मीठो’ को परिभाषा पनि वालकालमै पाएँ। जिन्दगीले एउटा पाठ पढाएको बेला थियो त्यो।
त्यसपछि मैले खानेकुरालाई कहिल्यै नमिठो भनिन।
(१ जेष्ठ २०७५। बुढानिलकण्ठ)