धेरै वर्ष अघि यो जीवन काठमाडौँमा टिक्न र बिक्न घस्रिँदै गर्दा दशरथ रङ्गशालामा हुने फूटबल गेम हेर्न रहरहाउँथ्यो।
रु. १० मा पाईने टिकट किन्न नि गोजीमा सुको हुन्नथ्यो वा खर्चको प्राथमिकतामा पर्नै सक्थेन।
दाजुभाई मिलेर एउटा उपाय लगाउँथ्यौँ। हाफ-टाईम सम्म बाहिर बसेरै हो हल्ला सुन्ने। हाफ-टाईम हुँदा दर्शकलाई पिसाब गर्न जान दिने निहुँमा सबै ढोका खुल्थे, अनि त्यही मेसोमा छिर्ने।
शुरुका वर्ष यसरी थुप्रै गेम हेरियो।
देवनारायण चौधरी, उमेन्द्रमान सिंह र मणी शाह – त्यो बेलाका अति नै चर्चित खेलाडी मध्येका थिए।
तिनै शाहको निधनको खबर सुन्दा दुख लाग्यो। आत्माले शान्ति पाओस्।
(०१ जेष्ठ २०७५। बुढानिलकण्ठ)