अंश
ज्वाईँले के के न पठाए भनेर ससुराबाले लिफा खोलेर हेरे। भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐन परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ को फोटो कपी रहेछ। (१९ भाद्र २०७५। बुढानिलकण्ठ)
ज्वाईँले के के न पठाए भनेर ससुराबाले लिफा खोलेर हेरे। भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐन परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ को फोटो कपी रहेछ। (१९ भाद्र २०७५। बुढानिलकण्ठ)
एउटा घर थियो, बाटो बिस्तारको निहुँमा आधी लडाए, बचेखुचेको छाप्रो थियो, त्यसैको पनि अहिले कर बढाए, नभनम मनमा पिर छ, भनम लाज लाग्छ नि भन्ननी, सरकार पाल्दा गरीब भैयो, रह्यो न शिखा न कन्दनी! (२८ साउन २०७५। बुढानिलकण्ठ)
जनचाहना T20 छ, चुनाव पहिले Super-Six का गफ हाँक्थे, चुनावपछि, शुरुमा त 50 over ODI हो की झैँ लाग्थ्यो, आजकल त Test Match कै पारा! त्यसमाथि Delayed due to rain!! धिक्कार! (२६ साउन २०७५। बुढानिलकण्ठ)
पैले बुहारी मात्र माईत जान्थीन, आजकल छोरो पनि ससुराली जान्छ। ## चोली मखमली साडी फाईबर, छोरी मैतालु, ज्वाईँ ड्राईभर॥ (२० साउन२०७५। बुढानिलकण्ठ)
उ बेला त दर खान नि राती उठ्थे, घ्यूमा पकाउँथे, दुधले चुठ्थे! आजकल त दिउँसो पार्टी प्यालेसमा, साँझ होटलमा माछा र मासु थालभरी रौसी बोतलमा महिलासंगै पुरुष आउँछ, रौसीमै झुम्छ, आफ्नी श्रीमती कता गईन् था छैन, अर्काकी श्रीमती चुम्छ! (१९ साउन २०७५। बुढानिलकण्ठ)
‘गोरु’को भाग्य भनेको की काटिनु हो की जोतिनु! . . यो नाफाखोर युगमा ‘दुहुनु गाई’ मात्र आंशिक सुरक्षित छ! (१५ साउन २०७५। बुढानिलकण्ठ)
चोरको हातमा चापी छ धर्म मर्यो छल, कपट बाँकी छ भै गो, बास अन्तै सार माईला! यो सहर बेईमानका लागी काफी छ, तर, इमानका लागि पापी छ। (१३ साउन २०७५। बुढानिलकण्ठ)
कोट्याउँदै जाने हो भने, आफ्नै ज्यानमा पनि यस्ता अंग छन जहाँ छोए मात्र पनि साबुनले नधोए आफैलाई संक्रमण हुन्छ। अर्काको खेदो कति खन्ने? अव पनि जित र हारको कै सवालमै रन्थनिने? शान्तिप्रकृयाका क्रममा, चुनावताका, आन्दोलनताका गरेका उत्तेजनात्मक भाषण र औपचारिक कार्यक्रम, पत्रकार सम्मेलनमा ब्यक्त बिचार दाँज्न मिल्छ या मिल्दैन, छलफलको विषय हो। खोते थाप्ने नै Read more about जय गुरु देव[…]
एउटै पात्र पनि कैले गोरु लाग्छ, कैले गुरु! . . मै उस्तो हुँ की समय वलवान हो, राम जाने! 🌻 (गुरुपूर्णिमा २०७५। बुढानिलकण्ठ)
– #गोकेसीको अनसन आज २७ दिन भो! – १४ वर्ष जेल त्यो बसेको की म बसेको? – जन लहर पनि उतै देखिन थाल्यो! – दुई/तिहाई तेस्को की मेरो? – एक पटक भेटेर त हेरौँ! – प्रधानमन्त्री म की त्यो? – हजुर, संवेदनशिलता कम भो! – हस त वाई वाई, #जयशंभो! (डा.के.सी. १५औँ अनसन्, २७औ दिन)