यो सहर

चोरको हातमा चापी छ धर्म मर्‍यो छल, कपट बाँकी छ भै गो, बास अन्तै सार माईला! यो सहर बेईमानका लागी काफी छ, तर, इमानका लागि पापी छ। (१३ साउन २०७५। बुढानिलकण्ठ)

जय गुरु देव

कोट्याउँदै जाने हो भने, आफ्नै ज्यानमा पनि यस्ता अंग छन जहाँ छोए मात्र पनि साबुनले नधोए आफैलाई संक्रमण हुन्छ। अर्काको खेदो कति खन्ने? अव पनि जित र हारको कै सवालमै रन्थनिने? शान्तिप्रकृयाका क्रममा, चुनावताका, आन्दोलनताका गरेका उत्तेजनात्मक भाषण र औपचारिक कार्यक्रम, पत्रकार सम्मेलनमा ब्यक्त बिचार दाँज्न मिल्छ या मिल्दैन, छलफलको विषय हो। खोते थाप्ने नै Read more about जय गुरु देव[…]

वार्ता?

– #गोकेसीको अनसन आज २७ दिन भो! – १४ वर्ष जेल त्यो बसेको की म बसेको? – जन लहर पनि उतै देखिन थाल्यो! – दुई/तिहाई तेस्को की मेरो? – एक पटक भेटेर त हेरौँ! – प्रधानमन्त्री म की त्यो? – हजुर, संवेदनशिलता कम भो! – हस त वाई वाई, #जयशंभो! (डा.के.सी. १५औँ अनसन्, २७औ दिन)

एकादशी

आजदेखिन नक्कले #नारान शयन गर्न दुलो पसे। साह्रै ठग रचन बुढा। असार/साउनमा धान रोप्ने बेला हराउँछन र चार महिनापछि मंसिरतिर फ्याट्ट निस्कन्छन्। #हरिशयनीएकादशी #२०७५ 🤣🙏

अनसन समर्थक – सरकार वार्ता

वार्तामा बसम् न – बसम् त नि, छलफल गरम न – गरम त नि, कुरो मिलाउँ न – मिलाउँ त नि, निकास दिउँ न – दिउँ त नि, संझौता गरौँ न – गरौँ त नि, विधेयक फिर्ता लिऊँ न – इईईईस्स्स्! (५ श्रावण २०७५। बुढानिलकण्ठ। #DrKC #FastOnToDeath #15th)

#IamwithDrGKC

उपभोक्ता समितिको काम लिएर जाँदा भेट हुने हुनाले मेयरसंग सामान्य चिनजान छ। तर वडाध्याक्ष भन्दा माथिल्लो नेतासंग मेरो दोहोरो चिनजान छैन। राजनीतिबाट फाईदा लिउँला भन्ने कुनै लालच पनि छैन, कल्पनै छैन। हरेक चुनावमा मतदान गर्छु। लगभग सबैले थाहा पाउने गरी, नढाँटीकनै मतदान गर्छु, त्यो मेरो निजी विश्वास हो। मैले डा.गोविन्द के.सी.लाई समर्थन गर्दा कसैलाई त्यही Read more about #IamwithDrGKC[…]

दुई रुपियाँ, जुत्ता र फूटबल

जुटको सुतरीले बाँधेको प्लाष्टिकको पोको नै एडिडास ब्राण्डको फूटबल थियो। छेउ छेउमा दुवो बाक्लै भए पनि बिचमा साईकल, विशेषगरी ट्र्याक्टर र बयल गाडाले खुईलाएर माटो बगेर बाँकी रहेका ‘को आउला र ठोक्किम्ला’ भनेर कुरेका तीखा ढुङ्गै ढुङ्गा भएको बाटो नै आधुनिक रसियाका भन्दा लोभ लाग्दा खेल चौर थिए। भलै साँच्चिकैको फूटबल किनेर स्कूलको चौरमा खेल्न Read more about दुई रुपियाँ, जुत्ता र फूटबल[…]