एकादशी

आजदेखिन नक्कले #नारान शयन गर्न दुलो पसे। साह्रै ठग रचन बुढा। असार/साउनमा धान रोप्ने बेला हराउँछन र चार महिनापछि मंसिरतिर फ्याट्ट निस्कन्छन्। #हरिशयनीएकादशी #२०७५ 🤣🙏

अनसन समर्थक – सरकार वार्ता

वार्तामा बसम् न – बसम् त नि, छलफल गरम न – गरम त नि, कुरो मिलाउँ न – मिलाउँ त नि, निकास दिउँ न – दिउँ त नि, संझौता गरौँ न – गरौँ त नि, विधेयक फिर्ता लिऊँ न – इईईईस्स्स्! (५ श्रावण २०७५। बुढानिलकण्ठ। #DrKC #FastOnToDeath #15th)

#IamwithDrGKC

उपभोक्ता समितिको काम लिएर जाँदा भेट हुने हुनाले मेयरसंग सामान्य चिनजान छ। तर वडाध्याक्ष भन्दा माथिल्लो नेतासंग मेरो दोहोरो चिनजान छैन। राजनीतिबाट फाईदा लिउँला भन्ने कुनै लालच पनि छैन, कल्पनै छैन। हरेक चुनावमा मतदान गर्छु। लगभग सबैले थाहा पाउने गरी, नढाँटीकनै मतदान गर्छु, त्यो मेरो निजी विश्वास हो। मैले डा.गोविन्द के.सी.लाई समर्थन गर्दा कसैलाई त्यही Read more about #IamwithDrGKC[…]

जिपिए

तात्तातो संवादः – तपाईँको नानीको रिजल्ट के भो? – ३.७५ जिपिए – त्यो भनेको कति प्रतिशत हो? – सुन हो र तोलामा पनि ग्राममा पनि जोख्नु? #सक्किगोन्त 😂🙏🌿 (११ असार २०७५। बुढानिलकण्ठ)

कुरी कुरी

रवि लामिछाने अमेरिकन हुन या नेपाली- विवाद गर्दै गरे हुन्छ। रवि लामिछाने आफैँ पुलिसको, प्रशासनको, अदालतको झैँ गर्छन की गर्दैनन्- विवाद गर्दै गरे हुन्छ। रवि लामिछानेको भाषा, दम्भ, प्रश्तुती, तरीका ठीक छ की छैन- विवाद गर्दै गरे हुन्छ। यसमा मेरो कुनै आग्रह/पुर्वाग्रह छैन। तर, एउटा पिडित नागरिक पुलिस, प्रशासन, अदालत जान छाडेर किन रवी लामिछाने Read more about कुरी कुरी[…]

अफ्ट्यारो मान्छे हुँ

ईश्वरीय शक्तिमा विश्वास गर्छु र मनले पुज्छु। मलाई वेद आदि ग्रन्थमा उल्लेखित मन्त्रमा विश्वास लाग्छ। इमान्दार पण्डित मार्फत घरमै पूजाआजा गर्दा र तिनले शुध्द उच्चारण गरेका मन्त्रको तरङ्गले मलाई उर्जा दिन्छ। तर पूजाका अति कठोर बिधी र प्रकृयामै मात्रै सिमित रहेर रन्थनिन मन लाग्दैन। कुनै बेला खुबै गईयो, तर आजकल मन्दिर जान खासै रुची लाग्दैन। Read more about अफ्ट्यारो मान्छे हुँ[…]

संवाद

– तपाईँ कसको समर्थक? – मेरै! – हैन क्या, फूटबलका कुरा गरेको! – ए, विमल घर्तीमगरको। – हैन क्या, कुन देशको फ्यान? – उषा फ्यान, चलेकै छ। – नो नो, बलका कुरा गरेको! – ए, सन्दीपलामिछाने मन पर्छ – हत्तेरिका, फुटबलको वर्डकप क्या, हेर्नुहुन्न? – हेर्छु – अनि कसको समर्थक? – मेरै #जस्तालाईतेस्तै 🤣🤣