विवशता

ऋणधन गरी मेहनत गर्छन, टुप्पी कसेर रातदिन पढछ्न, दुनिया भरका युनिभर्सिटि धाउँछन, स्नातक, स्नाकोत्तर र पि.एच.डी. गर्छन, जागिर खोज्छन र पसिना काड्छन, अन्तमा दश कक्षा पासको शरणमा पर्छन!! (असार २०७२। बुढानिलकण्ठ)

परिभाषा

जे जति छ नगदै जतन गरी राख्‍ने ठामलाई गोजी भन्छन्, मीठा कुरा गरेर उधारोमा आश्वासन दिनेलाई मोदी भन्छन! दिनेले आजै दिन्छ नदिनेले सधैँ भोलि भोलि भन्छन, धमिलो पानी बग्दा माछा मार्न जान्नेलाई ओली भन्छन्! (२९ बैशाख २०७५। बुढानिलकण्ठ) (पुनश्चः पात्रप्रति मेरो कुनै गुनासो छैन। प्रबृत्तिप्रति असहमति हो। अन्यथा अर्थ लागे माफी चाहन्छु)

सकस

पानी सुकेको पोखरीमा पौडी भन्छेउ । हात खुट्टा बाँधिदिएर ल दौडी भन्छेउ । यो कस्तो प्यारको परीक्षा हो प्यारी ! मलाई धरौटी राखी उधारो खान्छेउ । र, मलाई नै फूटेको कौडी भन्छेउ ॥   २०६७ पुस ७ गते ।

॥के लाग्यो॥

मात लागेसी के लाग्यो । मनले मागेसी के लाग्यो ॥   मधुर वासनाको भेलसंगै मन भागेसी के लाग्यो ॥   साथि मात्रै हौँ भने पनि । सीमा नागेसी के लाग्यो ॥   मन आखिर मनै न हो । रावण जागेसी के लाग्यो ॥ (काठमाडौँ॥ २०६६/५/२४)

॥मन आखिर मनै न हो ॥

मन आखिर मनै न हो उमेर गयो त के भयो ॥ बिस तिस हुँदै ऐले चालीस भयो त के भयो ॥ वरिपरि दायाँ वायाँ लाग्छन भने अझै ताँती । फरक पर्ने छैन हजुर बाह्र छोरा तेह्र नाति । मायालुको ओईरो लाग्छ फराकिलो भए छाति । माया गर्न जान्यो भने जीवन बित्छ माती माती । आधि Read more about ॥मन आखिर मनै न हो ॥[…]

पल्सर

आफ्नो त के छ र वावुको कमाई । किन्याछु भट्भटे घुम्दछु रमाई ॥ सुपर-ग्लु दल्या झैँ लपक्कै भई । बस्दछिन प्यारी कम्मरमा समाई ॥ छातीमा खोकी भूँडीमा अल्सर । तैपनि नचढी नहुने पल्सर ॥ (२०६७ । १ । २९ । बुढानिलकण्ठ ॥)

गजल

म आफ्नै लास बोकेर मलामी गएँ आज । दिएँ दागबत्ति आफैँ खरानी भएँ आज ॥ बेरेँ कात्रोले मलाई हरियो बाँसमा बाधेँ । सुतेँ चितामा आगोको सिरानी सहेँ आज ॥ कृयापुत्री आफैँ थिएँ आफ्नै मुक्तिका लागि । राम नाम सत्ये भन्दै फलाकी रहेँ आज ॥ थाहा छैन आत्मा बारे अस्तु बन्यो शरीर । तर्ने निहुँमा वैतर्णी Read more about गजल[…]

दोधार

कैले अल्प-बिराम लगाएर अचकल्टो पार्छ्यौ, कैले कोष्ट भित्र राखेर बन्द गर्छ्यौ, कैले खुट्टो काटेर जोड्न खोज्छ्यौ, कैले धर्को तानेर तोड्न खोज्छ्यौ, कैले आश्चर्य कैले बिस्मात, मन बदल्छ्यौ अकस्मात, भैगो कसरी जिउनु यस्तो दोधारमा, बरु पूर्णविराम लगाईदेऊ मेरो मायामा॥ (२०६७ । ०१ । २१ गते । बुढानिलकण्ठ ।)

स्वाभिमान

नगदमा होस् या उधारोमा, तिमी हरदम बिक्छौ, समय बदलियोस या सरकार, तिमी हरदम टिक्छौ। हुँदो न खाँदोको स्वाभिमानले मलाई भोकै बनायौ मित्र, यस अर्थमा म बेकुप नै हुँ र तिमी हरदम ठिक छौ॥ (४ कार्तिक २०७३। बुढानिलकण्ठ)

नेता

ढाडमा सुकेलुतो आएपछि, ज्यान सारै खुशी छ, किनकी, सरकारसंग करोड माग्छु, हरिद्वार जान्छु, रामदेवका बुटी खान्छु, र फर्केर आएर घरको तला थप्छु किनकी म नेता हुँ, र सधैँ समाजवाद जप्छु॥ (२९ कार्तिक २०७३॥बुढानिलकण्ठ)