अंश
ज्वाईँले के के न पठाए भनेर ससुराबाले लिफा खोलेर हेरे। भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐन परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ को फोटो कपी रहेछ। (१९ भाद्र २०७५। बुढानिलकण्ठ)
ज्वाईँले के के न पठाए भनेर ससुराबाले लिफा खोलेर हेरे। भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐन परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ को फोटो कपी रहेछ। (१९ भाद्र २०७५। बुढानिलकण्ठ)
जनचाहना T20 छ, चुनाव पहिले Super-Six का गफ हाँक्थे, चुनावपछि, शुरुमा त 50 over ODI हो की झैँ लाग्थ्यो, आजकल त Test Match कै पारा! त्यसमाथि Delayed due to rain!! धिक्कार! (२६ साउन २०७५। बुढानिलकण्ठ)
‘गोरु’को भाग्य भनेको की काटिनु हो की जोतिनु! . . यो नाफाखोर युगमा ‘दुहुनु गाई’ मात्र आंशिक सुरक्षित छ! (१५ साउन २०७५। बुढानिलकण्ठ)
कोट्याउँदै जाने हो भने, आफ्नै ज्यानमा पनि यस्ता अंग छन जहाँ छोए मात्र पनि साबुनले नधोए आफैलाई संक्रमण हुन्छ। अर्काको खेदो कति खन्ने? अव पनि जित र हारको कै सवालमै रन्थनिने? शान्तिप्रकृयाका क्रममा, चुनावताका, आन्दोलनताका गरेका उत्तेजनात्मक भाषण र औपचारिक कार्यक्रम, पत्रकार सम्मेलनमा ब्यक्त बिचार दाँज्न मिल्छ या मिल्दैन, छलफलको विषय हो। खोते थाप्ने नै Read more about जय गुरु देव[…]
एउटै पात्र पनि कैले गोरु लाग्छ, कैले गुरु! . . मै उस्तो हुँ की समय वलवान हो, राम जाने! 🌻 (गुरुपूर्णिमा २०७५। बुढानिलकण्ठ)
– #गोकेसीको अनसन आज २७ दिन भो! – १४ वर्ष जेल त्यो बसेको की म बसेको? – जन लहर पनि उतै देखिन थाल्यो! – दुई/तिहाई तेस्को की मेरो? – एक पटक भेटेर त हेरौँ! – प्रधानमन्त्री म की त्यो? – हजुर, संवेदनशिलता कम भो! – हस त वाई वाई, #जयशंभो! (डा.के.सी. १५औँ अनसन्, २७औ दिन)
“एउटा गजल लेख्या’छु, काफिया मिलाईदेऊ न” भनेको, . “एउटा पसल खोल्या’छु, माफिया मिलाईदेऊन” सुनेछन्! #कानफ्युजन 😅🤣
आजदेखिन नक्कले #नारान शयन गर्न दुलो पसे। साह्रै ठग रचन बुढा। असार/साउनमा धान रोप्ने बेला हराउँछन र चार महिनापछि मंसिरतिर फ्याट्ट निस्कन्छन्। #हरिशयनीएकादशी #२०७५ 🤣🙏
वार्तामा बसम् न – बसम् त नि, छलफल गरम न – गरम त नि, कुरो मिलाउँ न – मिलाउँ त नि, निकास दिउँ न – दिउँ त नि, संझौता गरौँ न – गरौँ त नि, विधेयक फिर्ता लिऊँ न – इईईईस्स्स्! (५ श्रावण २०७५। बुढानिलकण्ठ। #DrKC #FastOnToDeath #15th)
उपभोक्ता समितिको काम लिएर जाँदा भेट हुने हुनाले मेयरसंग सामान्य चिनजान छ। तर वडाध्याक्ष भन्दा माथिल्लो नेतासंग मेरो दोहोरो चिनजान छैन। राजनीतिबाट फाईदा लिउँला भन्ने कुनै लालच पनि छैन, कल्पनै छैन। हरेक चुनावमा मतदान गर्छु। लगभग सबैले थाहा पाउने गरी, नढाँटीकनै मतदान गर्छु, त्यो मेरो निजी विश्वास हो। मैले डा.गोविन्द के.सी.लाई समर्थन गर्दा कसैलाई त्यही Read more about #IamwithDrGKC[…]