अंश
ज्वाईँले के के न पठाए भनेर ससुराबाले लिफा खोलेर हेरे। भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐन परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ को फोटो कपी रहेछ। (१९ भाद्र २०७५। बुढानिलकण्ठ)
ज्वाईँले के के न पठाए भनेर ससुराबाले लिफा खोलेर हेरे। भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐन परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ को फोटो कपी रहेछ। (१९ भाद्र २०७५। बुढानिलकण्ठ)
एउटा घर थियो, बाटो बिस्तारको निहुँमा आधी लडाए, बचेखुचेको छाप्रो थियो, त्यसैको पनि अहिले कर बढाए, नभनम मनमा पिर छ, भनम लाज लाग्छ नि भन्ननी, सरकार पाल्दा गरीब भैयो, रह्यो न शिखा न कन्दनी! (२८ साउन २०७५। बुढानिलकण्ठ)
पैले बुहारी मात्र माईत जान्थीन, आजकल छोरो पनि ससुराली जान्छ। ## चोली मखमली साडी फाईबर, छोरी मैतालु, ज्वाईँ ड्राईभर॥ (२० साउन२०७५। बुढानिलकण्ठ)
उ बेला त दर खान नि राती उठ्थे, घ्यूमा पकाउँथे, दुधले चुठ्थे! आजकल त दिउँसो पार्टी प्यालेसमा, साँझ होटलमा माछा र मासु थालभरी रौसी बोतलमा महिलासंगै पुरुष आउँछ, रौसीमै झुम्छ, आफ्नी श्रीमती कता गईन् था छैन, अर्काकी श्रीमती चुम्छ! (१९ साउन २०७५। बुढानिलकण्ठ)
चोरको हातमा चापी छ धर्म मर्यो छल, कपट बाँकी छ भै गो, बास अन्तै सार माईला! यो सहर बेईमानका लागी काफी छ, तर, इमानका लागि पापी छ। (१३ साउन २०७५। बुढानिलकण्ठ)
घर-बुनाको धोती चोलो लाउली पियारी । रुखो पीठो जस्तो पाक्छ खाउली पियारी ॥ सुख सयल सधैँ भरि दिन नसकौँला । मेरो भन्नु चोखो माया पाउली पियारी ॥ लेखिदिउँला मीठा गीत बजाउँला बाजा । कोईली झैँ मीठो स्वरमा गाउली पियारी ॥ आधि भित्तो रातो माटो आधी कमेरोले । मेरो घर लिप्न कैले आउली पियारी ॥ #बुढानिलकण्ठ#
म चोर थिएँ की मनको फोहोर थिएँ, तिम्रा लागि त खै, आफैँलाई बोर थिएँ। माया गर्ने निहुँमा के के गरेँ के के खै, धेरै इमान, तर बेईमान धेर-थोर थिएँ। (१३ जेष्ठ २०७५। बुढानिलकण्ठ)
ऋणधन गरी मेहनत गर्छन, टुप्पी कसेर रातदिन पढछ्न, दुनिया भरका युनिभर्सिटि धाउँछन, स्नातक, स्नाकोत्तर र पि.एच.डी. गर्छन, जागिर खोज्छन र पसिना काड्छन, अन्तमा दश कक्षा पासको शरणमा पर्छन!! (असार २०७२। बुढानिलकण्ठ)
जे जति छ नगदै जतन गरी राख्ने ठामलाई गोजी भन्छन्, मीठा कुरा गरेर उधारोमा आश्वासन दिनेलाई मोदी भन्छन! दिनेले आजै दिन्छ नदिनेले सधैँ भोलि भोलि भन्छन, धमिलो पानी बग्दा माछा मार्न जान्नेलाई ओली भन्छन्! (२९ बैशाख २०७५। बुढानिलकण्ठ) (पुनश्चः पात्रप्रति मेरो कुनै गुनासो छैन। प्रबृत्तिप्रति असहमति हो। अन्यथा अर्थ लागे माफी चाहन्छु)
पानी सुकेको पोखरीमा पौडी भन्छेउ । हात खुट्टा बाँधिदिएर ल दौडी भन्छेउ । यो कस्तो प्यारको परीक्षा हो प्यारी ! मलाई धरौटी राखी उधारो खान्छेउ । र, मलाई नै फूटेको कौडी भन्छेउ ॥ २०६७ पुस ७ गते ।