गजल

आगो जस्तै बलौं कि त, भित्र भित्रै जलौं कि त। देखावटी नाता जोडी, दुनियालाई छलौं कि त। अंगालोमा बेरीएर, यतै कतै ढलौं कि त। बिर्सिएर सबैथोक, हातै हाली चलौं कि त। आगो जस्तै बलौं कि त, भित्र भित्रै जलौं कि त। (बुढानिलकण्ठ। काठमाडौँ)

गजल

घर-बुनाको धोती चोलो लाउली पियारी । रुखो पीठो जस्तो पाक्छ खाउली पियारी ॥ सुख सयल सधैँ भरि दिन नसकौँला । मेरो भन्नु चोखो माया पाउली पियारी ॥ लेखिदिउँला मीठा गीत बजाउँला बाजा । कोईली झैँ मीठो स्वरमा गाउली पियारी ॥ आधि भित्तो रातो माटो आधी कमेरोले । मेरो घर लिप्न कैले आउली पियारी ॥ #बुढानिलकण्ठ#