न शिखा न कन्दनी

एउटा घर थियो, बाटो बिस्तारको निहुँमा आधी लडाए, बचेखुचेको छाप्रो थियो, त्यसैको पनि अहिले कर बढाए, नभनम मनमा पिर छ, भनम लाज लाग्छ नि भन्ननी, सरकार पाल्दा गरीब भैयो, रह्यो न शिखा न कन्दनी! (२८ साउन २०७५। बुढानिलकण्ठ)

वार्ता?

– #गोकेसीको अनसन आज २७ दिन भो! – १४ वर्ष जेल त्यो बसेको की म बसेको? – जन लहर पनि उतै देखिन थाल्यो! – दुई/तिहाई तेस्को की मेरो? – एक पटक भेटेर त हेरौँ! – प्रधानमन्त्री म की त्यो? – हजुर, संवेदनशिलता कम भो! – हस त वाई वाई, #जयशंभो! (डा.के.सी. १५औँ अनसन्, २७औ दिन)

जार्गन

कृषी ऋण/अनुदानको कन्त बिजोग देखि सकियो। कस्ताले पाउँछन, कसरी पचाउँछन। अव प्रमाणपत्र राखेर ऋण पाउन आईडिया चाहिँदैन, चाकडी भए पुग्छ। बैंकमा ८%मा सहमति गरेर अहिले १६% ब्याज ऋण तिर्न बाध्य नागरिकका बारे केही बोल्दैन सरकार। ३० दिन काम गरेपछि एकदिन तलब बुझ्ने कर्मचारीको घाँटी निचोरेर आयकर असुल्न सारै सजिलो। भात पकाएर खान किन्नुस की १३% Read more about जार्गन[…]